Tune to BFM 91.2|Biratnagar

कोरोनाले मृत्यु भएका वृद्धकी श्रीमतीको रिपोर्ट नेगेभिट

विराटनगर, २० साउन । कोरोनाका कारण कोशी अस्पतालमा मृत्यु भएका विराटनगरका वृद्धकी श्रीमतीको कोरोना रिपोर्ट नेगेभिट आएको छ ।

पीसीआर परीक्षण गरिएसँगै रिर्पाट नेगेटिभ आएपछि ७७ वर्षीय मृतककी श्रीमती ६८ वर्षीया वृद्धामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले कोशीकै प्रयोगशालामा स्वाब संकलन गरेर गरिएको परीक्षणको नतिजा आज दिउँसो नेगेटिभ आएको जानकारी दिनु भयो । उपचारका क्रममा वृद्धको मृत्यु हिजो दिउँसो ३ः१५ बजे कोशी अस्पतालकै आइसोलेसनमा भएको थियो । मृत्यु भएपछि स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसपछि वृद्धलाई उपचारका लागि लिएर आएकी श्रीमतीलाई पनि परीक्षणको दायरामा ल्याइएको हो । रिपोर्ट नेगेटिभ आएका कारण सुरक्षित साथ ‘होम क्वारेन्टाइन’मा बस्ने गरी आज पठाइएको डा. दासको भनाइ छ ।

कोरोनाका कारण मृत्यु भएका वृद्धाका श्रीमानलाई भने चार दिनदेखि उनलाई छात्ती दुख्ने, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या थियो । मृतकको ‘ट्राभल हिस्ट्री’ फेला नपरेपछि थप समस्या भइरहेको डा. दासले बताउनु भयो ।

यसैबीच कोरोनाका कारण वृद्धको मृत्यु हिजो भए पनि शवको व्यवस्थापन भने आज मात्रै गरिएको छ । सेनाको शव व्यवस्थापन टोलीले मोरङको कानेपोखरी जंगलमा लगेर शव व्यवस्थापन गरेको हो ।

सेनाको बडी व्यवस्थापन टोली शव बुझ्न ढिलो आएका कारण कोरोनाका कारण मृत्यु भएको भोलिपल्ट मात्रै शवको व्यवस्थापन गर्नु पर्ने अवस्था आएको अस्पतालले जनाएको छ । ‘

कोरोनाका कारण वृद्धको मृत्यु भएकाले शव परिवारका सदस्य वा आफन्तलाई दिन मिल्दैन,’ डा. दासले भन्नु भयो , ‘व्यवस्थापनका लागि सुरक्षा निकायको शव व्यवस्थापन टोलीलाई जिम्मा लगाउनु पर्ने हुन्छ ।’

उहाँले रातभर कोरोना संक्रमितको शव अस्पतालकै आइसोलेसनमा राखिएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button