Tune to BFM 91.2|Biratnagar

कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटी : स्वास्थ्यमन्त्री ढकाल

विराटनगर ३० जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसमा राजनीतिको प्रवेश भएको बताउनु भएको छ ।

आज मन्त्रालयमा कान्ति बाल अस्पतालको ई टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो ।पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको टिप्पणी गर्नुभयो ।

सुरुमा रोगबाट मात्रै आक्रान्त थियौँ हामी , पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ’ उहाले भन्नुभयो ।

मन्त्री ढकालले विश्वका अन्य मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरोना महामारीविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताउनुभयो ।

पछिल्लो १, २ दिनका घटना हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उहले टिप्पणी गर्नुभयो । मन्त्री ढकालले इ टिकेटिङ प्रविधि सुरुभएसँगै समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना नुहने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button