Tune to BFM 91.2|Biratnagar

कोरोना अस्पताललाई थप बिस्तार गर्ने न्यूरो अस्पतालको तयारी

विराटनगर, ३ मंसिर । विराटनगरको न्यूरो अस्पतालले कोरोना अस्पताललाई थप बिस्तार गर्ने तयारी गरेको छ ।जनरल, आइसियू र भेण्टीलेटरसहित ५१ बेडको कोभिड १९ अस्पताल सञ्चालन गरिरहेको न्यूरोले विरामीको चाप बढेपछि ४० बेड थप गर्ने तयारी गरेको जानकारी अस्पताले दिएको छ ।

अस्पताललाई थप विस्तार गर्ने योजना रहेको अस्पतालकी कार्यकारी निर्देशक अनिशा बिष्टले बताउनुभयो । लक्षणसहितका संक्रमित बढेका कारण अस्पताल बिस्तार गर्न लागिएको उहाले बताउनुभयो । उहाले २० बेड आइसियू र २० बेडको एचडियी बेड थप गर्न लागिएको बताउनुभयो ।

यसैबिच न्यूरो अस्पताले पीसीआर जाँचको सुविधा पनि ल्याएको छ । ११ असोजबाट पीसीआर ल्याब सञ्चालनमा ल्याएको हो । सो ल्याबबाट कोरोना जाँचको रिपोर्ट ६ घण्टामै दिने अस्पताल प्रशासनको दाबि छ ।अस्पतालले प्रदेश सरकारसँग सहकार्यमा २४ भदौंबाट कोरोनाको उपचार निशुल्क उपचार सुरु गरेको थियो ।

तर सरकारले हात उठाएपछि २ कात्तिकबाट शूल्क लिएर उपचार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button