Tune to BFM 91.2|Biratnagar

कोरोना अस्पताल निर्माण कार्य अन्तिम चरणमा

विराटनगर, १६ चैत । कोरोना भाईरस (कोभिड) १९ का संक्रमित विरामीको उपचारका लागि विराटनगरमा प्रदेश १ सरकारले निर्माण गरिरहेको कोरोना अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसै हप्तादेखि अस्पताल सञ्चालन गर्ने गरि निर्माण कार्य धमाधम भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नेसनल ट्रेडिङको भवनमा निर्माण भईरहेको ५० वेडको कोरोना अस्पताल अहिले मर्मत, रंगरोकन, वायरिङ, सिसी क्यामरा जडान लगायतको काम भईरहेको छ । अस्पतालमा १० वेडकोे भेन्टिलेटर वार्ड पनि निर्माण गरिदैछ । अस्पतालका लागि आवस्यक जनशिक्तको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने भएको छ ।

मन्त्रालयका अनुसार कोरोना अस्पतालका लागि करिव ७० जना चिकित्सक, स्वास्थ्यकर्मी हुने अनुमान गरिएको छ । कोरोना अस्पतालमा अन्य अस्पतालबाट रेफर भएर आएका संक्रमितको उपचार गर्ने तयारी गरेको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरले बताउनुभयो ।

उहाँले अस्पताललाई आवश्यक पर्ने सामाग्री खरिद गर्न समय लाग्ने भएकाले तत्कालका लागि विराटनगरमा रहेका अस्पतालहरुबाट नै ल्याएर प्रयोग गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button