Tune to BFM 91.2|Biratnagar

कोरोना कोषमा उच्च अदालतका न्यायाधीश कर्मचारीको सहयोग

विराटनगर २३ चैत । प्रदेश १ सरकारले स्थापना गरेको कोरोना रोकथाम नियन्त्रण र उपचार कोषमा उच्च अदालत विराटनगर र मातहतका अदालतका न्यायाधीशहरुबाट पनि सहयोग उपलब्ध गराइएको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाशीले दश दिनको तलब, उच्च अदालत विराटनगर मातहतका मोरङ र सुनसरी जिल्ला अदालतका न्यायाधीशहरुले सात दिनको तलब सरकारी कोषमा दाखिला गरिएको छ ।

उच्च अदालत विराटनगरका उपरजिष्ट्रार मणिराम पोखरेलले रजिष्ट्रारबाट सात दिनको, अधिकृतस्तरका कर्मचारीहरुबाट पाँच दिनको, नायब सुब्बादेखि श्रेणीविहीन कर्मचारीहरुबाट तीन दिनको तलब बराबरको रकम सहयोग स्वरुप उपलब्ध गराएको बताउनुभयो ।

यसैविच उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले २४ लाखको खाध्य सामाग्री प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । दुवै संस्थाले २४ लाख वरावरको २ हजार १ सय प्याकेट खाद्य सामाग्री प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघलले १ हजार ३ सय प्याकेट प्रदेश सरकार मार्फत, ३ सय ५० प्याकेट विराटनगर महानगरपालिका, २ सय प्याकेट दुहवी नगरपालिका, १ सय २५ प्याकेट वुढीगंगा गाउपालिका र १ सय २५ प्याकेट कटहरी गाउपालिका मार्फत वितरण गर्ने गरि उपलब्ध गराईएको उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button