कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख जुट्यो
विराटनगर, २४ चैत । प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख रुपैयाँ जम्मा भएको छ ।
कोषमा आजसम्म ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको हो । कोषमा आज थप ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको छ ।
कोषमा आइतबारसम्म ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो ।
कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको बताईएको छ ।