Tune to BFM 91.2|Biratnagar

कोरोना निको हुने दर प्रदेश १ मा ४५ प्रतिशत

विराटनगर ३ असार । प्रदेश १ मा कोरोना संक्रमति थपिएसँगै उपचारपछि सन्चो (निको) हुने दर पनि बढेको छ । अहिलेसम्म प्रदेश १ का १४ जिल्लामध्ये १२ जिल्लामा कोरोनाका संक्रमित फेला परेका छन् ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना निको हुने दर ४५ प्रतिशतभन्दा बढी रहेको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या ४०२ पुगेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपचार गरेर सन्चो हुने क्रम पनि बढ्दो क्रममा रहेको र “संक्रमित हुने मात्र होइन उपचारपछि ठीक हुने दर पनि बढ्दो क्रममा रहेको बताउनु भयो ।”

अस्पतालमा भर्ना भई ठीक भएर घर फर्कनेको संख्या अहिलेसम्म १८१ जना छ । यो कुल संक्रमित संख्याको ४५ दशमलव ०२ प्रतिशत हो । हिजो मात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सातजना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमण हुने दर पनि बढ्दो छ ।गत वैशाख ५ गते पहिलोपटक उदयपुरमा एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएसँगै प्रदेश एकमा कोरोनाका संक्रमित बढ्न थालेका हुन् । अहिले भारतबाट आउनेमा अधिक संक्रमण देखिन थालेको छ ।

जिल्लागत रूपमा अहिलेसम्म झापामा १७८, मोरङमा ९३, सुनसरीमा ६२, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, उदयपुरमा ४३, सोलुखुम्बुमा १, संखुवासभामा २, तेह्रथुममा २, इलाममा २ र पाँचथरमा एक संक्रमित फेला परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button