कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आउँदैमा ढुक्क नहुनुहोस्
विराटनगर, ३ वैशाख । कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आउँदैमा ढुक्क हुनु नहुने चिकित्सकले औल्याएका छन् ।
कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आएपनि क्वारेन्टाईनमा अनिवार्य बस्नु पर्ने न्युरो अस्पतालका डा. अग्रज उप्रेतीले सुझाव दिनुभयो । उहाँले भन्नुभयो,‘ सवैभन्दा उत्तम उपाय भनेको क्वारेन्टाईन र आईसोलेसनमा कम्तीमा २१ दिन बस्नुपर्छ ।
’ चीनमा लक्षण देखिएका व्यक्तिमा ५ पटक सम्म परिक्षण गर्दा पनि कोरोना पुष्टी नभएको दृष्टान्त दिँदै उहाँले भन्नुभयो,‘ शंकास्पद व्यक्तिको दिशा परिक्षण गर्दा पोजेटिभ देखियो ।’ आज वीएफएमसँगको कुराकानीमा नेपाल जस्तो मुलुकका लागि क्वारेन्टाईनमा वस्नुको विकल्प नभएको डा. उप्रेतीले बताउनुभयो ।
छिमेकी मुलक भारतका कारण नेपालमा बढी जोखिम देखिएको उहाँले वताउनुभयो । पूर्णरुपमा बोर्डरशिल नभएकाले भारतबाट नेपाल प्रवेश नरोकीएकाले कोरोना संक्रमितहरु बढ्न सक्ने डा. उप्रेतीले वताउनुभयो ।