कोरोना परीक्षण गर्न ६ वटा निजी प्रयोगशालालाई अनुमति

काठमाण्डौ , २९ असार । सरकारले काठमाण्डौ उपत्यका का चारसहित ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड –१९) को पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ वटागरी ६ वटा निजी प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।

काठमाण्डौ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको एनपीएचएलका प्रवक्ता राजेशकुमार गुप्ताले बताउनुभयो ।

उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् ।

अहिले देशभर कोरोना परीक्षण गर्न २५ वटा प्रयोगशाला सञ्चालनमा छन् । सरकारले अझै थप केही प्रयोगशाला आउने क्रममा रहेको जनाकारी दिएको छ ।

यस्तो अवस्थामा स्वीकृती पाए पनि परिक्षणका लागी नमूना नपाइने गुनासो निजी प्रयोगशालाहरुले गरेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button