Tune to BFM 91.2|Biratnagar

कोरोना प्रभावले रोकियो झापाको चर्चित सन्थाल मेला

विराटनगर ११ कार्तिक । कोरोना संक्रमण र महामारीको प्रभाव सीमान्तकृत सन्थाल समुदायको सांस्कृतिक नाचमा समेत परेको छ । प्रदेश १ का झापा र मोरङमा अल्पसंख्यक सन्थाल समुदायले हरेक वर्ष बडादसैंमा ठाउँठाउँमा गर्ने नाच योपटक स्थगन भएका छन् ।

नवमीका दिन झापाको बैगुन्धुरामा आयोजना हुँदै आएको प्रतियोगितात्मक सन्थाल नाच (मेला) योपटक स्थगन भएको छ । गौरादह नगरपालिका वडा ९ साबिकको बैगुन्धुरा गाविसमा निकै तामझाम र भव्य रुपमा सन्थाल नाच देखाइने गरेको थियो । नजिकैका गाउँटोलबाट अग्रजको नेतृत्वमा सन्थाल युवायुवतीको समूह भेला भई नाच्ने र विभिन्न सांस्कृतिक कलाबाजी प्रदर्शन गर्ने गर्दथे ।यसको व्यवस्थापन स्थानीय पालिकाले गर्दै आएकामा योपटक नगरपालिका कार्यालयले औपचारिक रुपमै कार्यक्रम नगर्न सूचित गरेको थियो ।

स्थानीय कृष्ण खतिवडाका अनुसार नवमीका दिन बैगुन्धुरामा सन्थाल संस्कृति र नाच हेर्न ठाउँठाउँबाट मानिसहरु भेला हुने गर्थे । तर, योपटक त्यस्तो केही पनि भएन उहाले भन्नुभयोकोरोना संक्रमणको जोखिमका कारण भिड गर्न नहुने भएपछि कार्यक्रम स्थगन गरिएको हो ।

कतिपय टोलमा भने सन्थाल समुदायले आफूहरु भेला भएर परम्परा धान्न सामान्य कार्यक्रम भने गरेको खतिवडाले बताउनुभयो ।झापाकै लखनपुरमा हरेक वर्ष टीकाका दिन लाग्ने सन्थाल मेलासमेत योपटक स्थगन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button