Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका कारण ४ लाख २ हजारको मृत्यु

विराटनगर, २५ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख २ हजार पुगेको छ । आज सम्म ४ लाख २ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर ९ सय ७० जनाको मृत्यु भएको छ ।

७० लाख ५ हजार संक्रमित मध्ये ३४ लाख २७ हजार बढि उपचारपछि निको भएका छन् । विश्वभर ३७ हजार १ सय ११ नयाँ संक्रमित थपिएका छन् । ५३ हजार ६ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १२ हजार १ सय १ पुगेको छ ।

संक्रमितको संख्या १९ लाख ८८ हजार नाघेको छ । ब्राजिलमा ६ लाख ७६ हजार बढी संक्रमित हुँदा ३६ हजार ४४ जनाको ज्यान गएको छ । रसियामा ४ लाख ६७ हजार ६ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ५ हजार ८ सय ५९ पुगेको छ । यस्तै स्पेनमा २ लाख ८८ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३५ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख ८४ हजार ८ सय संक्रमित भएका छन् ।

संक्रमित मध्ये ४० हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ८ सय ५७ पुगेको छ । ६ हजार ९ सय ५४ जनाको मृत्यु भएको छ । भारतमा आज दिनभरीमा १ हजार २ सय ३५ नयाँ संक्रमित थपिएका छन् । इटालीमा २ लाख ३४ हजार ८ सय बढी संक्रमित भएका छन् ।

इटालीमा ३३ हजार ८ सय बढीको मृत्यु भएको छ । पेरुमा १ लाख ९१ हजार ७ सय बढी संक्रमित हुँदा ५ हजार ३ सय १ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८५ हजार ६ सय बढी संक्रमित मध्ये ८ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button