Tune to BFM 91.2|Biratnagar

कोरोना बाट भारतमा २ हजार १ सय ९ को मृत्यु

विराटनगर, २८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या दुई हजार १ सय ९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा संक्रमित हुनेको संख्या पनि ६२ हजार ९ सय ३९ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २० हजार २२८ जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म ७७९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । विश्वभर ४१ लाख १५ हजार ५ सय ५९ संक्रमित फेला परेका छन् । त्यस्तै मृत्यु हुनेको संख्या पनि दुई लाख ८० हनार ५ सय ९४ पुगेको छ ।

विश्वभर १४ लाख ४६ हजार २ सय २९ संक्रमित निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म १३ लाख ४७ हजार भन्दा धेरै संक्रमित फेला परेका छन् भने ८० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । स्पेनमा दुई लाख ६२ हजार ७ सय भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिँदा २६ हजार ४ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

इटालीमा दुई लाख १८ हजारभन्दा धेरै संक्रमित भेटिँदा ३० हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा पनि दुई लाख १५ हजारभन्दा बढी संक्रमित भेटिँदा ३१ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button