Tune to BFM 91.2|Biratnagar

कोरोना बाट २ लाख ११ हजारभन्दा बढीको मृत्यु

विराटनगर, १६ वैशाख । करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३० लाख ५९ हजार भन्दा बढि मानिस संक्रमित भएका छन् । २ लाख ११ हजारभन्दा बढीको मृत्यु भएको छ ।

विश्वका २ सय १० मा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आज विहान सम्म २ लाख ११ हजार २ सय २ पुगेको छ । ९ लाख १९ हजार निको भएर घरफर्कीएका छन् । आज विहान सम्म संक्रमित हुनेको कुल संख्या ३० लाख ५९ हजार ८१ पुगेको छ ।

कोरोना भाइरसको महामारीबाट सबै भन्दाबढी बढी प्रभावित अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार ६ सय ४९ पुगेको हो । इटालीमा १ लाख ९९ हजार ४ सय १४ जना संक्रमित छन । २६ हजार ९ सय ७७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६४ हजार ९२८ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा कुल संक्रमित २ लाख २९ हजार ४ सय २२ पुगेको छ । मृतकको संख्या २३ हजार ५ सय २१ पुगेको छ । फ्रान्समा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार ८ सय ४२ पुगेको छ । त्यहाँ मृतकको संख्या २३ हजार २ सय ९३ पुगेको छ । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ९२ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ । ९ सय ३९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा १३ हजार ९ सय १५ संक्रमित भएका छन् । २ सय ९२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button