Tune to BFM 91.2|Biratnagar

कोरोना भाइरसका कारण आज विहान सम्म २ लाख ३ हजार ४२ जनाको मृत्यु

विराटनगर, १४ वैशाख । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण २ लाख बढीको मृत्यु भएको छ । आज विहान सम्म २ लाख ३ हजार ४२ जनाको मृत्यु भएको छ ।

२ सय १० देशमा फैलिएको कोरोना भाईरसका कारण २९ लाख १५ हजार ६ सय संक्रमित भएका छन् । ८ लाख ३४ हजार ४ सय १४ निको भएर घर फर्कीएका छन् । कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा ९ लाख ५७ हजार ५ सय ५ जना संक्रमित हुँदा ५४ हजार १ सय ६० जनाको मृत्यु भएको छ ।

१ लाख १६ हजार २ सय १ जना निको भएका छन् । स्पेनमा २ लाख २३ हजार ७ सय ५९ जना संक्रमित हुँदा २२ हजार ९ सय २ जनाको मृत्यु भएको छ । ९५ हजार ७ सय ८ जना उपचारपछि घर फर्कीएका छन् । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ९५ हजार ३ सय ५१ पुग्दा मृतकका संख्या २५ हजार ९ सय ६९ पुगेको छ । फ्रान्समा १ लाख ५९ हजार ८ सय २८ जना संक्रमित छन् भने २६ हजार ३ सय ८४ जनाकोे मृत्यु भएको छ ।

६३ हजार १ सय २० जना निको भएका छन् । उता जर्मनीमा १ लाख ५६ हजार ४ सय १८ जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार ८ सय ७३ पुगेको छ । १ लाख ९ हजार ८ सय निको भएका छन् । बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जना संक्रमित हुँदा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।

भारतमा २६ हजार २ सय ८३ जना संक्रमित हुंदा ८ सय २५ जनाको मृत्यु भएको छ । ५ हजार ९ सय ३९ जना निको भएका छन् । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या १२ हजार ६ सय ४४ पुग्दा २ सय ६८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button