Tune to BFM 91.2|Biratnagar

कोरोना भाइरसबाट २ लाख ४० हजार बढीको मृत्यु

विराटनगर, २० वैशाख । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । कोरोनाका कारण विश्वका २ सय १२ देशका ३४ लाख २१ हजार बढी संक्रमित हुँदा २ लाख ४० हजार बढीको मृत्यु भएको छ ।

सबैभन्दा बढी अमेरिकामा ११ लाख ३१ हजार बढी संक्रमित हुँदा ६५ हजार ७ सय बढीको मृत्यु भएको छ । युरोपेली मुलुक स्पेनमा २५ हजार १ सय, इटालीमा २८ हजार २ सय, फ्रान्समा २४ हजार ५ सय जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा २७ हजार ५ सयको मृत्यु हुँदा दक्षिण एसियाली मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक हजार २ सय २३ रहेको छ । संक्रमितको संख्या ३७ हजार ३ सय ३६ पुगेको छ ।

पाकिस्तानमा ४ सय १७ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १८ हजार १ सय बढी छ । यसैवीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उत्पत्ति प्राकृतिक रुपमा भएको जनाएको छ ।

डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले उक्त भाइरसको उत्पति प्राकृतिक रुपमै भएको दावी गरेका हुन । गत महिना डब्लुएचओले नै कोरोना भाइरस जनावरहरुबाट फैलिएको हुनसक्ने आंकलन गर्दै घरपालुवा जनावरको मासु आयात निर्यातमा रोक लगाउनुपर्ने जनाएको थियो ।

पछिल्ला दिनहरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूले उत्पति गरेको कोरोना भाइरसका कारण आफ्नो देशलाई नोक्सान र्पुयाउन खोजेको प्रतिक्रिया दिनुभएको थियो । राष्ट्रपति ट्रम्पले गत वर्ष डिसेम्बरमा वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना चीनका अन्य शहरमा नफैलिएकाले पर्याप्त आशंका गर्ने ठाउँ रहेको प्रतिक्रिया दिनुभएको थियो ।

ट्रम्पको उक्त अभिव्यक्तिप्रति चीनले कडा आपत्ति जनाएको थियो । शक्ति राष्ट्रहरुबीच कोरोना भाइरसको विषयलाई लिएर विवाद भएपछि डब्लुएचओले भाइरसको उत्पतिका बारेमा अनुसन्धान गरिरहेको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button