Tune to BFM 91.2|Biratnagar

कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता

काठमाण्डौ ६ चैत । कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता हात परेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ ।मंगलबार १३ को ज्यान गएकोमा हिजो भने संक्रमणका कारण कसैको पनि ज्यान नगएको बताईएको छ ।

गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा हिजो शून्य संक्रमण देखिएको हो । हुवेई प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले हिजो वुहानका कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जनाएको छ ।चीनले मृत्युदर पनि शून्यमा झारेको दाबी गरेको छ ।

वल्र्डओमिटर्सका अनुसार, हिजो चीनमा संक्रमित कसैको पनि मृत्यु भएको छैन ।कोरोनाका कारण ३ हजार २ सय ३७ को ज्यान गएको चीनमा अझै ८० हजार ८ सय ८९ मानिस भने संक्रमित छन् । यीमध्ये २ हजार ६ सय २२ को अवस्था भने गम्भीर रहेको बताइएको छ ।यसैबिच कोरोना भाइरसबाट इटालीमा एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको छ ।

इटालीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो । बीबीसीका अनुसार, इटालीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको हिजो ज्यान गएको गएको हो । लोम्बार्डी इटालीको कोरोनाको इपिसेन्टर मानिन्छ ।योसँगै इटालीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ ।

यो कोरोनाको उद्गमस्थल मानिने चीनको भन्दा २ सय ५९ ले मात्रै कम हो ।बीबीसीका अनुसार, ३५ हजार ७ सय १३ मानिस संक्रमित रहेका छन् । ४ हजारभन्दा बढी व्यक्ति भने उपचारपछि घर फर्किएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button