Tune to BFM 91.2|Biratnagar

कोरोना भाइरस का कारण ५० वर्षीय महिलाको मृत्यु

विराटनगर, ३२ साउन । विराटनगर तीनपैनीकी एक महिलाको कोरोना भाइरस संक्रमणका कारण आज बिहान मृत्यु भएको छ ।

५० वर्षीय महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएकी महिलाको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि उनलाई शनिबारराति थप उपचारका लागि धरान लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनु भयो ।

महिलालाई पछिल्लो ४–५ दिनदेखि अत्यधिक ज्वरो आउने, खोकी लाग्ने तथा श्वास फेर्न समस्या रहेको थियो । महिलालाई फोक्सो, मुटुु र थाइरोइडको पनि समस्या रहेको डा. सापकोटाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button