Tune to BFM 91.2|Biratnagar

कोरोना भाइरस संक्रमणका कारण महोत्तरीका पुुरुषको विराटनगरमा मृत्यु

विराटनगर, १० भदौ । विटनगरको न्युरो अस्पतालमा उपचाररत एक पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । महोत्तरी घर भएका ६० वर्षीय पुरुषको उपचारका क्रममा गयराति ११ बजे मृत्यु भएको अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जीतराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार टाउकोको नसा सुकेर हातखुट्टा एवं शरीर चलाउन नसक्ने अवस्था आएपछि ती पुरुषलाई उपचारका लागि अस्पतालमा गत साउन ३१ गते भर्ना गरिएको थियो । कोरोनाको आंशकामा भदौ ३ गते उनको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो ।

भदौ ७ गते रिपोर्ट पोजेटिभ आएको अस्पतालको कोभिड –१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीको संयोजक समेत रहेका बस्नेतले बताउनु भयो ।

उहाँका अनुसार रिपोर्ट पोजेटिभ आएपछि पुरुषलाई संक्रमितको उपचारका लागि अस्पतालले तयार गरेको आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा उपचार गर्ने काम भइरहेकोमा बचाउन धेरै प्रयास गरे पनि सम्भव भएन ।

मृतकको शव व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी बस्नेतले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button