Tune to BFM 91.2|Biratnagar

कोरोना भाइरस सक्रमण नियन्त्रणमा सवै क्षेत्रको सहयोग आबश्यक

विराटनगर १२ जेठ । कोरोना भाइरस सक्रमण नियन्त्रणमा सवै क्षेत्रको सहयोग लिन आबश्यक रहेको सरोकार सम्वद्ध ब्यक्तिहरुले बताएका छन् । प्रदेश नं.१ आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हिजो आयोजित कोभिड १९ को सक्रमणका विषयमा आयोजित छलफलमा सहभागिहरुले सो कुरा बताएका हुन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कोरोना सक्रमणको अवस्था, सीमाक्षेत्रमा भइरहेका काम, स्थानीय तहले गरिरहेको भूमिकाका र सुरक्षाका विषयमा बैठकमा जानकारी गराएका थिए ।

मन्त्री कार्कीले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएका कारण कोरोना सक्रमणको जोखिम कम भएको दावी गर्नुभयोे । उहाँले क्वारेन्टाइनको व्यवस्थापन ,होल्डिङ गर्ने र परिक्षणको दायरा फराकिलो बन्दै गएको बताएका थिए । बैठकमा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले सवैको समन्वयमा मात्रै महामारीलाई नियन्त्रण लिन सकिने बताउनुभयो । क्वारेन्टाइनको व्यवस्थापन,लुकिछिपी आउने मानिसको पहिचान र कोरोना परिक्षण प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेका बताउनुभयो ।

बैठकमा नेकपा मोरङका अध्यक्ष तथा संविधानसभा सदस्य ऋषिकेष पोखरेल, नेपाली कांग्रेस उपसभापति तथा प्रदेशसभा सदस्य शिवनारायण सिंह गनगाई, समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादव, राजपा अध्यक्ष मोहमद कादिर, राप्रपा अध्यक्ष माधब आचार्य, प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतको सहभागिता रहेको थियो । सहभागीहरुले सवै क्षेत्र र आबश्यक पर्ने सवै संयन्त्र कोरोना सक्रमण नियन्त्रणमा लगाउनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button