Tune to BFM 91.2|Biratnagar

कोरोना भाईरसका कारण १ लाख १४ हजार बढीको मृत्यु

विराटनगर १ बैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण १ लाख १४ हजार बढीको मृत्यु भएको छ ।

आज विहान सम्म १ लाख १४ हजार १ सय ७७ जनाको मृत्यु भएको छ । अमेरिकामा मात्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २२ हजार १ सय ३ पुगेको छ । कोरोनाबाट अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु हो ।

मृत्युको संख्यामा अब अमेरिकाले इटालीलाई पनि उछिनेको छ । इटालीमा १९ हजार ८ सय ९९जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमित पनि सबैभन्दा बढी छन् । त्यहाँ संक्रमित हुनेको संख्या ५ लाख ६० हजार नाघेको छ ।

उता बेलायतमा मृतकको संख्या १० हजार ६ सय कटेको छ । संक्रमितको संख्या ८४ हजार २ सय नाघेको छ । भाइरस संक्रमणका कारण विश्वभर भने मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघ्दा संक्रमित हुनेको संख्या १८ लाख ५१ हजार पुगेको छ ।

१८ लाख ७१ हजार बढि कोरोनाबाट संक्रमित भएका मध्ये चार लाख २३ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ५० हजार ७ सय बढीको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा स्पेनमा करिब १७ हजार पुगेको छ ।

स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ६६ हजार ८ सय ३१ पुगेको छ । मृतकको संख्या १७ हजार २ सय ९ पुगेको छ । इटालीमा पनि संक्रमितको संख्या १ लाख ५६ हजार नाघेको छ । फ्रान्समा मृतकको संख्या १४ हजार ३ सय नाघेको छ ।

इरानमा मृतकको संख्या ४ हजार ४ सय नाघ्दा चीनमा यो संख्या ३ हजार ३ सय ३९ छ । जर्मनीमा मृत्यु हुनेको संख्या ३ हजार २२ नाघ्दा बेल्जियममा ३ हजार ६ सय नाघेको छ भने नेदरल्याण्डस्मा २ हजार ७ सय नाघेको छ ।

भारतमा ३ सय ३१ जनाको मृत्यु हुँदा ९ हजार २ सयभन्दा बढी संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button