Tune to BFM 91.2|Biratnagar

कोरोना भाईरस रोकथाम, नियन्त्रणमा ८ अर्ब ३९ करोड खर्च

विराटनगर, ३१ जेठ । सरकारले कोरोना भाईरस रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ ।कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिको निर्देशन समितिको निर्णय अनुसार आज ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँका खर्च विवरण सार्वजानिक गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहार सूर्य थापाले सार्वजनिक गरेको विवरणमा कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा उक्त रकम खर्च भएको जनाइएको छ ।

सरकारले औषधी उपचारमा ३ अर्ब ९० करोड, स्वास्थ्य पुर्वाधारका क्षेत्रमा १ अर्ब १२ करोड, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख, क्वारेन्टिनमा १३ करोड ५५ लाख, अन्य शीर्षकमा ४० करोड १५ लाख खर्च गरेको जानकारी दिएको छ ।

संघीय सरकारका अन्तर्गत स्वास्थ्य मन्त्रालयले १ अर्ब ५८ करोड, रक्षा मन्त्रालयले २ अर्ब ४० करोड, २ करोड ४५ लाख, संस्कृति तथा पर्यटन मन्त्रालयले ५ करोड २० लाख, सहरी विकास मन्त्रालयले १ करोड ४२ लाख शिक्षा मन्त्रालयले प्रविधि र सिप सिकाईका लागि २ करोड ६१ लाख खर्च गरेको छ ।

यस्तै प्रदेश सरकारले १ अर्ब ३० करोड खर्च गर्दा स्थानिय सरकारले २ अर्ब ९८ करोड ५१ लाख खर्च गरेको छ ।सुदुरपश्चिम प्रदेशले सबैभन्दा बढि ३६ करोड ४८ लाख खर्च गर्दा प्रदेश नम्बर ५ ले ७ करोड ७९ लाख खर्च गरेको छ ।

हाल सम्म कोरोना राहत कोषमा ४ अर्ब ८३ करोड रकम जम्मा भएको जनाईएको छ ।सरकारले १० अर्ब खर्च भएको दाबी गरेपनि सार्वजनिक खर्च विवरण भने ८ अर्ब ३९ करोडको मात्रै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button