इलाममा कोरोना रोकथामका लागि कोष स्थापना
विराटनगर, १३ चैत । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि इलाम नगरपालिकाले ‘कोरोना नागरिक सुरक्षा कोष’ स्थापना गरेको छ ।
नगरपालिकाले कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि कोष स्थापना गरी खर्चको व्यवस्थापन १० लाख रकम जम्मा गरेको हो । नगरपालिकाले तत्काल १० लाख रुपैयाँ रकम जम्मा गरी खर्चको व्यवस्थापन गर्ने प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनुभयो ।
आवश्यक परेमा थप रकम जम्मा गरिने जनाइएको छ । इलाम नगरपालिका स्थापना गरेको कोषमा इलाम नगरपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको सुविधा बराबरको रकम तत्काल जम्मा गर्ने जनाएका छन् ।
कोषमा स्वेच्छिक रुपले योगदान गरी सहयोग गर्न इलाम नगरपालिकाका कर्मचारी, शिक्षक, इलाम नगरपालिकाका विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई आव्हान समेत गरिएको छ ।