Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमणका कारण विश्वमा ३ लाख ३९ हजारको मृत्यु

विराटनगर,१० जेठ । कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभरमा ३ लाख ३९ हजारको मृत्यु भएको छ । आज बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ३९ हजार ४ सय १३ हो । विश्वभर कोरोना संक्रमितको संख्या ५२ लाख ९८ हजार पुगेको छ ।

संक्रमित मध्ये २१ लाखख ५० हजार निको भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायत देशमा परेको छ । तुलनात्मक रुपमा कम विकसित अफ्रिकी देशमा कोरोना संक्रमण कम देखिएको छ । व्राजिलमा संक्रमित बढेका छन् ।

आज विहान सम्म ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९० संक्रमित पुगेका छन् । अमेरिकामा ९७ हजार कोरोना संक्रमितले ज्यान गुमाएका छन् । बेलायतमा ३६ हजार ३ सय, इटलीमा ३२ हजार ६ सय, फ्रान्समा २८ हजार २, स्पेनमा २८ हजार ६ सय, ब्राजिलमा २० हजार ४८ जनाले संक्रमितको मृत्यु भइसकेको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख २४ हजार पुगेको छ । संक्रमित मध्ये ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ ।

भारतमा ६ हजार ५ सय नयाँ संक्रमित थपीएका छन् । ४४ हजार भन्दा धेरै संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख ७ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन् ।

केही हप्ता यता दैनिक थपिने संक्रमितको संख्या १ लाखभन्दा कम रहने गरेको थियो । तर पछिल्लो २४ घण्टामा यो संख्या अघिल्ला दिनहरुको तुलनामा बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button