Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव ४ दिनपछि महोत्तरी पठाइयो

विराटनगर, १३ भदौ । मंगलबारराती विराटनगरमा मृत्यु भएका महोत्तरीका एक पुरुषको शव शनिबार महोत्तरी पठाईएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले शव व्यवस्थापनका लागि महोत्तरी पठाएको हो । आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउँदा र महोत्तरी प्रशासनले चासो नदिँदा मंगलबारराति ११ बजेतिर मृत्यु भएका ६१ वर्षीय पुरुषको शव विराटनगरको न्युरो अस्पतालमा चार दिनदेखि अलपत्र परेको थियो ।

अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जीतराज बस्नेतका अनुसार बिरामी अवस्थामा भर्ना गरिएका मृतककको कुरुवाका रुपमा छोरा अस्पताल आएका थिए । डाइरेन्टर बस्नेतले वृद्धको उपचारका क्रममा लागेको अस्पतालतर्फको दुई लाख २५ हजार र फार्मेसीतर्फको ७० हजार रुपैयाँ छुट गरिएको जानकारी दिनुभयो । मृत्युपछि छोरा पनि सम्पर्कविहीन बनेपछि शव अस्पतालले शव गृहमा लगेर राखेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले महोत्तरीबाट लिनलाई कोही पनि नआएपछि विराटनगरबाटै एम्बुलेन्स खोजेर शव महोत्तरी पठाउने व्यवस्था मिलाउनु भउको हो ।

टाउकाको नसा सुकेर प्यारालाईसिस भएका पुरुषलाई साउन ३१ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । कोरोनाको आंशकामा उनको भदौ ३ गते स्वाब संकलन गरेर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको अस्पतालको कोभिड –१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीका संयोजक समेत रहेका बस्नेतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button