Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमणबाट मोरङमा थप ४ जनाको मृत्यु

विराटनगर २३ कात्तिक । पछिल्लो २४ घण्टामा मोरङमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

मोरङको बूढीगंगाको विराट शिक्षण अस्तपालमा २, नोबेल शिक्षण अस्पताल विराटनगरमा १ र म्याक्स अस्पतालमा १ जनाको ज्यान गएको हो । विराट शिक्षणमा मोरङको केराबारीका पुरुष र सुनसरीको धरानकी वृद्धा महिलाको ज्यान गएको छ । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार केराबारी गाउँपालिका–३ का ५९ वर्षीय पुरुषको आइतबार बिहान १०ः३० बजेतिर मृत्यु भएको छ ।

कोरोना संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि कात्तिक ११ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको देवले बताउनुभयो । सुनसरीको धरान उपमहानगरपालिका–१ की ७२ वर्षीया वृद्धा महिलाको बिहान ८ः३० बजेतिर मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक १४ गते वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको देवले जानकारी दिनुभयो । नोबेल शिक्षण अस्पताल विराटनगरमा विराटनगर –९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना पुष्टि भएपछि वृद्धलाई कात्तिक २० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । विराटनगरको म्याक्स अस्पतालमा झापाको दमक नगरपालिका–६ का ८३ वर्षीय वृद्ध पुरुषको दिउँसो १ः३० बजेतिर मृत्यु भएको छ ।

अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताका अनुसार कोरोना संक्रमणसँगै ज्वरो आउने र श्वासप्रश्वासको समस्या थपिएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button