Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमणबाट सुनसरीमा एकैदिन चार जनाको मृत्यु

विराटनगर ,९ कार्तिक । कोरोना संक्रमणबाट सुनसरीमा थप चार जनाको मृत्यु भएको छ । इनरुवास्थित स्वास्थ्य कार्यालयकी कोभिड–१९ संयोजक दीक्षा श्रेष्ठका अनुसार मृत्यु हुनेमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका संक्रमित रहेका छन ।

चारै जनाको हिजो मृत्यु भएको उहले जानकारी दिनुभयो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठका अनुसार असोज २० गते कोरोना पुष्टि भएकी धरान–१७ की ६२ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ ।

कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएकी उनलाई पहिल्यैदेखि मृगौलासम्बन्धी समस्या थियो ।यसै गरी धरान–१५ बाझगराकी ५६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको धरान उपहानगरपालिकाका प्रमुख तिलक राईका स्वकीय सचिव राजेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाका अनुसार बीपी प्रतिष्ठानमा आईसीयू र भेन्टिलेटर नपाएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गर्दागर्दै ती महिलाको मृत्यु भएको हो ।धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कोरोना संक्रमणबाटै धरान–१३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनको विस्तृत विवरण आउन बाँकी रहेको मेहताले जानकारी दिनुभयो ।कोरोना संक्रमणबाटै बराहक्षेत्र नगरपालिका–१० का ४२ वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button