Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमणले गर्दा सञ्चालन हुननसक्ने कार्यक्रमहरुबारे जानकारी गराउन परिपत्र

विराटनगर, ११ बैसाख । प्रदेश १ सरकारले चालु बर्षमा कोरोना संक्रमण रोकथामकालागि भैरहेको लकडाउनले गर्दा सञ्चालन हुननसक्ने कार्यक्रमहरुबारे जानकारी गराउन सबै मन्त्रालयहरुलाई परिपत्र गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथामकालागि भैरहेको लकडाउन र त्यसको अघि र पछिको जोखिमले गर्दा सञ्चालन हुननसक्ने चालु बर्षको कार्यक्रमहरुबारे जानकारी गराउन प्रदेश १ सरकारको अर्थ मामिला तथा योजना मन्त्रालयले सबैलाई परिपत्र गरेको हो ।

यही बैसाख १५ भित्र सबै मन्त्रालयहरुले मातहतका कार्यालयहरुबाट चालु बर्षमा खर्च गर्न नसकिने र गर्दा पनि उपलब्धि नहुने कार्यक्रमहरुबारे अर्थ मन्त्रालयलाई जानकारी गराइसक्नेछन ।सबै मन्त्रालयबाट चालु बर्षमा गर्न नसकिने र नगरि नहुने खर्चको बिवरण आएसकेपछि प्रदेश १ सरकारले के कति बजेट गर्ने र नगर्ने भन्नेबारे निर्णय गर्नेछ ।

प्रदेश १ का अर्थमामिला तथा योजना मन्त्री ईन्द्रबहादरु आङबोका अनुसार चालु बर्षको दोस्रो चौमासिक र आगामी कार्यक्रमको खर्चबारे बुधबारदेखी मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालयमा समिक्षा सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button