Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमण नियन्त्रणको काममा भ्रष्टाचार भएको आरोप

विराटनगर, १८ जेठ । प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले कोरोना संक्रमण नियन्त्रणको काममा भ्रष्टाचार भएको आरोप लगाउँदै छानबिनको माग गरेको छ ।

आज प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका तर्फबाट संसदको विशेष सममा बोल्दै प्रमुख सचेतक केदार कार्कीले कोरोना नियन्त्रणका काममा भ्रष्टाचार भएकाले छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्नुभएको हो ।

कार्कीले प्रदेश सरकारले राहतका लागि गठन गरेको जनसुरक्षा कोषको रकममा ब्रह्मलुट मच्चाएको र कोषलाई प्राप्त भएको जिन्सी सामानसमेत हिनामिना गरेको आरोप लगाउनुभयो । यतिमात्रै हैन क्वारेन्टाइनको व्यवस्थापनमा सरकारले चरम लापरवाही गरिरहेको कार्कीले बताउनुभयो । उहाँले क्वारेन्टाइन नै कोरोना सार्ने यन्त्र बनेकाले जनता क्वारेन्टाइन देखि डराउन थालेको बताउनुभयो ।

कार्कीले कोरोनालाई देखाएर मन्त्री धनी हुने र जनता भोकै मर्ने अवस्था र्आएको दाबी गर्नुभयो । सांसद कार्कीका अनुसार झापाको कचनाकवलको क्वारेन्टाइन अव्यवस्थित भएकै कारण एकै पालिकामा १ सय जना संक्रमित बनेका हुन् ।

धरानमा संक्रमित भएकी एक महिलालाई नजिकै रहेको बिपी अस्पताल भर्ना गराउन पनि १८ घण्टा लागेको र कचनकवलका संक्रमितहरुले रातभरि भर्ना नपाएर बिचल्नी हुनुले प्रदेश सरकार कोरोना संक्रमण रोकथाम, व्यवस्थापन र उपचारमा असफल भएको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button