Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमितको उपचारमा धरौटी नलिनू : स्वास्थ्य मन्त्रालय

विराटनगर, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ । साथै धरौटी लिएर मात्रै उपचार गर्नेे भनेर सूचना निकाल्ने अस्पतालहरुलाई मन्त्रालयले स्पष्टीकरण मागेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुनै पनि सरकारी अस्पतालले उपचार अगाडि धरौटी लिन नपाउने बताउनुभयो । मन्त्रालयले धरौटी लिन पाउने कुनै निर्देशन नदिएको उहाँले स्पष्ट पार्नुभयोे ।

कोरोना संक्रमितको उपचारका लागि भन्दै विभिन्न निजी तथा सरकारी अस्पतालहरुले धरौटी नलिई भर्ना नगर्ने भन्दै सूचना निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button