Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमितको संख्या प्रदेश १ मा १ सय ८५ पुग्यो

विराटनगर, २१ जेठ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ८५ पुगेको छ । आज प्रदेश १ का ५ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मोरङको रंगेली नगरपालिकामा २ जना पुरुष, झापाको कमल गाउँपालिकामा एक जना पुरुष, सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा ७ जना पुरुष, धनकुटाको शहीदभूमि गाउपालिकामा एक जना पुरुष र तेह्रथुमको आठराईमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ जिल्लामा एक महिला र १२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर र धरानको प्रयोगशालामा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश १ को झापामा १ सय १९, उदयपुरमा ३३, धनकुटामा ८, मोरंगमा ८, सुनसरीमा १०, संखुवासभामा २, तेर्हथुममा २, खोटाङ, भोजपुर र सोलुखुम्वुमा १÷१ जना संक्रमित भएका छन् । प्रदेश १ मा संक्रमित मध्ये ४८ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button