Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमितमध्ये २ लाख ४८ हजार ९६ जनाको मृत्यु

विराटनगर, २२ वैशाख । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण ३६ लाख ६२ हजार संक्रमित भएका छन् । आज विहान सम्म संक्रमितको संख्या ३२ लाख ६२ हजार ३ सय २४ पुगेको छ । कोरोना संक्रमितमध्ये २ लाख ४८ हजार ९६ जनाको मृत्यु भएको छ । ११ लाख ५३ हजार उपचारपछि निको भएका छन् ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ११ लाख ८७ हजार बढी संक्रमित हुँदा ६८ हजार ५ सय ६८ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ४७ हजार बढी संक्रमित हुँदा २५ हजार २ सय ६४ जनाको मृत्यु भएको छ । यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार हुँदा मृतकको संख्या २८ हजार ८ सय ८४ पुगेको छ ।

बेलायतमा १ लाख ८६ हजार बढी कोरोना संक्रमित भएका छन् । २८ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६८ हजार ६ सय ९३ जना संक्रमितमध्ये मृत्यु हुनेको संख्या २४ हजार ८ सय ९५ पुगेको छ । यस्तै जर्मनीमा १ लाख ६५ हजार ६ सय संक्रमित र ६ हजार ८ सय ६६ जनाको मृत्यु भएको छ ।

भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । ४२ हजार ५ सय ५ जना संक्रमित हुँदा मृत्यु हुनेको संख्या १ हजार ३ सय ९१ पुगेको छ । भारतमा २ हजार ८ सय ६ जना नयाँ संक्रमित थपीएका छन् । उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या २० हजार बढी छ भने ४ सय ५७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button