Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमित एक बृद्धाको मृत्यु

बिराटनगर २ मंसीर ।सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । मोरङ मिक्लाजुङकी ७५ वर्षे महिलाको मृत्यु भएको हो ।

उपचारको क्रममा प्रतिष्ठानमा उनको मृत्यु भएको हो ।कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक ८ गतेदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उनको गए राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button