Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमित एक महिलाको मृत्यु

विराटनगर, ५ असोज । ताप्लेजुङकी कोरोना संक्रमित महिलाको आज विहान मृत्यु भएको छ । मोरंग बुढीगंगाको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत ३७ बर्षीया महिलाको विहान १०: ४५ बजे मृत्यु भएको हो ।

उच्चरक्तचाप, कलेजो संवन्धिको दिर्घ रोग भएकी महिलालाई भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी भदौ ३० गते विराट मेडिकल कलेजको आसियुमा भर्ना भएको प्रशासन प्रमुख सुधिरसिंह राठौंरले बताउनुभयो ।

मृतकको शवव्यवस्थापनको तयारी भईरहेको उहाँले बताउनुभयो ।प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button