Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमित प्रदेश १ प्रमुख अधिकारीको स्वास्थ्यमा थप समस्या

विराटनगर, १९ मंसिर । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहनु भएका प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीको स्वास्थ्यमा थप समस्या देखिएको छ । समस्या बढेपछि ७२ वर्षीय प्यासीलाई उपचारका लागि आज काठमाडौं लगिएको छ ।

गत साता कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्नु भएका अधिकारीलाई काठमाडौं लगिएको स्वकीय सचिव प्रतिक ढकालले जानकारी दिनुभयो । प्रदेश प्रमुखको अक्सिजनका मात्रा घटेको ढकालले बताउनुभयो । मुटुको समस्या भएका अधिकारीको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । प्रदेश प्रमुख अधिकारीसँगै कोरोना संक्रमित उहाँकी ६४ वर्षीया श्रीमती जानुका पनि काठमाडौ जानु भएको छ ।

प्रदेश प्रमुखको स्वास्थ्य अवस्थाबारे सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज निवासमा पुगेर जानकारी लिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button