Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमित वृद्धको मृत्यु

विराटनगर, ७ साउन । कोरोना संक्रमण (कोभिड—१९) देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका महोत्तरीका एक वृद्धको मृत्यु भएको छ ।

पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएका महोत्तरी घर भएका ६० वर्षीय शशि भुषण झाको उपचारका क्रममा गयराति मृत्यु भएको हो ।

झाको मृत्युसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जीवकुमार शर्माकाअनुुसार कोरोना संक्रमण देखिएपछि झा साउन १ गते उपचारका लागि आइसोलेसनमा भर्ना भएका थिए ।

हाल प्रतिष्ठानमै राखिएको मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउने तयारी भइरहेको बताइएको छ । प्रतिष्ठानमा यसअघि सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको कोरोनाकै कारण निधन भएको थियो ।

योसँगै कोरोना संक्रमण भएर प्रदेश १ मा उपचारका लागि भर्ना भएका मध्ये दुई जनाको मृत्यु भइसकेको छ । प्रतिष्ठानमा हाल ११ जना संक्रमितको उपचार भइरहेको छ ।

उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पताल आइसोलेसन वार्डमा भर्ना भएका कोरोना संक्रमित मध्ये दुई सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button