Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार हुँदै

विराटनगर, २ वैशाख । विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको आज बिहान मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको बिहान ४ः३० बजेतिर मृत्यु भएको हो । अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार उपचारका लागि नोबेल अस्पताल पुगेका बेला पीसीआर परीक्षण गराउँदा महिलाको रिपोर्ट पोजिटिभ आएको हो ।

त्यसपछि महिलालाई थप उपचारका लागि नोबेलले हिजो दिउँसो कोसी कोभिड अस्पताल रेफर गरेको हो । भगतका अनुसार गम्भीर अवस्थामा महिलालाई अस्पतालमा भर्ना गरेर उपचार थालिए पनि बचाउन सकिएन । उहाँले शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिनु भयो । मृतक महिलाका श्रीमान पनि कोरोना संक्रमित हुन् । परीक्षण रिपोर्ट पोजिटिभ आएका उनको पनि अहिले कोसी कोभिड–१९ उपचार केन्द्रमै उपचार भइरहेको भगतले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button