Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने प्रधानमन्त्री ओलीको दाबी

विराटनगर, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने दाबी गर्नुभएको छ । दसैंको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उहाँले कोभिड–१९ को काकाण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको बताउनुभयो ।

मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह गर्न चाहन्छु ।’ अहिले कोरोना संक्रमण अहिलेसम्मकै उच्च देखिएको र काठमाडौं उपत्यका संक्रमणको केन्द्रजस्तै बनेको बताउनुभयो । महामारी नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको उहाँले बताउनुभयो ।

जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको भन्दै उहाँले भन्नुभयो, ‘म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ ।’ पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो ।

महामारी विरुद्धको लडाईंको विषयलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग गर्न नहुने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले घोषणा गरेका नियमहरुको कडाइका साथ पालना गर्न आग्रह गर्नुभयोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button