Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमित २५ लाख नजिक

विराटनगर, ९ वैशाख । विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ । आज साँझ सम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ३ सय ३८ पुगेको छ ।

संक्रमितको संख्या पनि बढेर २४ लाख ९९ हजार ६ सय ६५ पुगेको छ । संक्रमितमध्ये ६ लाख ५८ हजार ६८ जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ७ लाख ९२ हजार ९ सय बढि संक्रमित हुँदा ४२ हजार ५ सय १८ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ४ हजार १ सय बढि संक्रमित हुँदा २१ हजार २ सय ८२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ८१ हजार २ सय २८ जना पुगेको छ । त्यहाँ २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५५ हजार ३ सय ८३ जना संक्रमित हुँदा २० हजार २ सय ६५ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ४७ हजार ६५ जना संक्रमित भएका छन् । मृतकको संख्या ४ हजार ८ सय ६२ पुगेको छ । बेलायतमा १ लाख २४ हजार ७ सय ४३ जना संक्रमित छन् भने १६ हजार ५ सय ९ जनाको मृत्यु भएको छ । भारतमा १८ हजार ६ सय ५८ जना संक्रमित हुँदा ५ सय ९२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ९ हजार २ सय १६ पुग्दा १ सय ९२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button