Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमित २ पुरुषको मृत्यु

विराटनगर, १४ मंसिर । कोरोना भाइरस संक्रमित एक जना वृद्ध पुरुषको आज बिहान विराटनगरस्थित आफ्नै घरमा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ का ७८ वर्षीय वृद्धको बिहान ८ बजेतिर होम आइसोलेसनमा मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या रहेका वृद्धको पीसीआर परीक्षण गराउँदा हिजो रिपोर्ट पोजिटिभ आएको थियो । रिपोर्ट पोजिटिभ आएका वृद्धलाई घरमै होम आइसोलेसनमा राखिएको थियो । बिहान स्वास्थ्यमा अचानक समया थपिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा मृत्यु भएको जानकारी परिवारले महानगरलाई गराएको छ ।

यसैबिच मोरङको उर्लाबारी घर भएका कोरोना भाइरस संक्रमित एक पुरुषको विराटनगरको नोबेल शिक्षण अस्पतालमा गय राति ज्यान गएको छ । उपचारका क्रममा उर्लाबारी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुभयो ।

उहाँका अनुसार पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने, छात्ती दुख्ने लगायतका समस्या देखिएपछि मंसिर ४ गते पुरुषलाई अस्पताल भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भोलिपल्ट ५ गते रिपोर्ट पोजिटिभ आएको दाहालले बताउनु भयो ।

कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका पुरुषको उपचारका क्रममा राति ११ बजेतिर ज्यान गएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button