Tune to BFM 91.2|Biratnagar

कोरोना सङ्क्रमितको सम्पर्कमा नेपाल आएका सबैको पहिचान

काठमाण्डौ २७ चैत । सरकारले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचान गर्ने प्रकिया पूरा भएको बताइएको छ ।

उनीहरूमध्ये कसैमा पनि कोरोना अर्थात कोभिड १९ नदेखिएको जनाइएको छ ।कन्टयाक्ट ट्रेसिङ गर्ने जिम्मा पाएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुखले नेपालभित्र प्रवेश गरेदेखि घर र समुदाय पुगेको अवस्थासम्म पीडितको सम्पर्कमा पुगेका व्यक्तिहरूलाई पहीचान गरी उनीहरूको नमूना सङ्कलन गरिएको बताउनुभयो ।

उहाले सङ्क्रमितसँगै यात्रा गरेर नेपाल आएका दुई जनाको सम्पर्क पत्ता नलागेकाले उनीहरूको परीक्षण नगरिएको जानकारी दिनुभएको छ । तर सङ्क्रमितसँग सम्पर्क भएको भनिएका व्यक्तिहरूको पहिचान गर्ने काम सम्पन्न भएको र कुनै जोखिम नरहेको उहाले बताउनुभयो ।

नेपालमा अहिलेसम्म देखिएका नौ जना संक्रमित मध्य एकजना बिरामी निको भएका छन् भने सात जनाले विदेशबाट सङ्क्रमण भित्र्याएको र एकजना विदेशबाट आएका व्यक्तिका आफन्तबाट सङ्क्रमण सरेको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button