Tune to BFM 91.2|Biratnagar

कोरोना सङ्क्रमित दुई जनाको अवस्था सामान्य

काठमाण्डौ १३ चैत । कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित दुई जनाको काठमाण्डौमा आइसोलेशनमा राखेर उपचार भइरहेको सरकारले जानकारी दिएको छ ।

अहिलेसम्म नेपालमा तीन जनामा कोरोना पुष्टि भएकोमा एक जना निको भएका र अरु दुई जनाको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोेलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हिजो मात्रै ७७ जनाको कोरोना परीक्षण गरिएको थियो ।

अहिलेसम्म ६ सय ८७ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो ।यस अघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो

बाँकी ६ सय ८४ जनामा भने कोरोना नभएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button