Tune to BFM 91.2|Biratnagar

कोशी अस्पतालका चिकित्सकमाथि कुटपीट

विराटनगर, २० साउन । कोशी अस्पतालमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि उनका आफन्तहरुले अस्पतालका डाक्टरमाथि नै कुटपिट गरेका छन् ।

जन्डिसका कारण कलेजोमा समस्या बढेपछि दुखाईसहित अस्पतालमा आएका विराटनगरका बिरामीको आइसोलेसनमा उपचार भइरहेको बेला मृत्यु भएको अस्पतालका वरिष्ठ फिजिसियन े डा. दिपक सिग्देलले जानकारी दिनुभयो ।

स्वाबको नतिजा आउनु अघिनै बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले हुलहुज्जत गरी उपचारमा संलग्न डाक्टर र स्वास्थ्यकर्मीलाई कुटपिट गरेका थिए । उनीहरुले मृतकको शव लैजान जबरजस्ती गरेको र स्वाबको रिपोर्ट नआएसम्म शब दिन मिल्दैन भनेर अस्पतालले पर्खन आग्रह गर्दा उनीहरुले डाक्टरलाई नै कुटपीट गरेका हुन् ।

चिकित्सकमाथि यसरी आक्रमण भएपछि सम्पूर्ण जोखिम लिएर उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीहरुलाई काम गर्न गाह्रो भएको डा. सिग्देलले बताउनुभयो । आजको घटनाले कोशी अस्पतालका चिकित्सकसहित ९÷१० जना स्वास्थ्यकर्मी आजैबाट क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको डा. सिग्देलले जानकारी दिनुभएको छ ।

कोरोना पोजेटिभ रिपोर्ट आएको सूचना पाएपछि होहल्ला गर्ने सबै भागेका थिए । अस्पतालले भने त्यहाँ उपस्थित सबैजना जोखिममा परेको र उनीहरुको पहिचान गर्नु चुनौतीपूर्ण भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button