Tune to BFM 91.2|Biratnagar

कोशी अस्पतालमा एक संक्रमितको मृत्यु

विराटनगर, ३० साउन । कोशी अस्पताल विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । गएराती उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या रहेका विरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । मृतक मंगलबार राती अस्पतालको आइसालेशनमा भर्ना भएका थिए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा साँझ ७ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि कोशी अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा विराटनगरका ३ र रंगेलीका १ जना छन् ।
कोशी अस्पतालमा हिजो दिउँसो मृत्यु भएका विराटनगर १५ का एक युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button