Tune to BFM 91.2|Biratnagar

कोशी अस्पतालमा मृत्यु भएका पुरुषको रिपोर्ट नेगेटिभ

विराटनगर, २९ साउन । आज दिउँसो विराटनगरको कोशी अस्पतालमा मृत्यु भएका विराटनगर महानगरपालिका –१५ का ३० वर्षीय पंकज गुप्ताको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि बिहान १०ः३० बजेतिर अस्पताल भर्ना गरिएका उनको दिउँसो ४ बजे उपचारका क्रममा अस्पतालको आइसोलेसनमै मृत्यु भएको थियो ।

ज्वरो आउने लगायतका लक्षण देखिएपछि कोरोनाको आशंकामा ११ बजेतिर स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताउनु भयो । रिपोर्ट आउनुअघि नै गुप्ताको मृत्यु भएको थियो ।

साँझ ७ः१५ बजे रिपोर्ट नेगेटिभ आएपछि शव परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको दासले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button