Tune to BFM 91.2|Biratnagar

कोशी अस्पताललाई पिपिइ हस्तान्तरण

विराटनगर, २८ वैशाख । कोशी अस्पताल विराटनगरलाई पिपिइ सामग्री हस्तान्तरण गरिएको छ । एन.पि.एल.समाज कल्याण संस्था ललितपुरले अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा.संगीता मिश्रालाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

एन.पि.एलका सहबजार प्रबन्धक सन्तोष कोइरालाको नेतृत्वमा गएको टोलीले कोशी अस्पताललाई करिब ८ लाख रुपैयाँ बराबरको पिपिइ सामग्री हस्तारण गरेको छ । सहप्रबन्धक कोइरालाले विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९) को महामारीको बेला स्वास्थ्यकर्मीहरु बढी जोखिममा रहेकाले अस्पताललाई पिपिइ सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।

सो अवसरमा पिपिइको सामग्री उपलब्ध गराएकोमा संस्थालाई अस्पतालकी मेसु डा. मिश्राले धन्यवाद दिनुभयो । उहाँले ती सामाग्रीले अस्पतालमा कामगर्ने स्वास्थ्यकर्मीहरुलाई कोरोनाभाइरसका बिरामीलाई उपचार गर्न सहज हुने बताउनुभयो।

संस्थाले अस्पतालका लागि आइसोलेसन गाउन १ सय थान, एन. ९५ मास्क २सय थान, ग्लोवस सयथान, र फेस सिल्ड सय थान गरी ५ सय थान पिपिइको सामग्री उपलब्ध गराएको सहबजार प्रबन्धक कोइरालाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button