Tune to BFM 91.2|Biratnagar

कोशी अस्पताललाई सुुविधा सम्पन्न बनाउन अहिलेको अस्पतालको जग्गा अपुुग

अस्पतालको जग्गा फिर्ताका लागि तत्काल पहल थाल्नु पर्ने

विराटनगर, १४ फागुन । प्रदेश १ का समाजिक विकास मन्त्री जिवन घिमिरेले विभिन्न कार्यालयले लामो समयदेखी चर्चेको कोशी अस्पतालको जग्गा अस्पतालको अधिनमा ल्याउन तत्काल पहल थाल्नुुपर्ने बताउनुु भएको छ ।

अस्पतालको नयाँ भवन निमार्णकालागि अस्पतालले विराटनगरमा आज गरेको सर्वदलिय छलफल कार्यक्रमा उहाँले कोशी अस्पताललाई सुुविधा सम्पन्न बनाउन अहिलेको अस्पतालको जग्गा अपुुग रहेको बताउनुुभयो । नयाँ भवन वनाउन संघीय सरकारले ४० करोड रकम विनियोजित गरि सकेको र जग्गाको अभावमा नया संरचनाहरु एकवर्षदेखि वन्न नसकेको अवस्थामा अव विभिन्न कार्यालय तथा संस्थाले ओगटेको जग्गा अस्पतालको स्वामित्वमा ल्याउनुुपर्नेमा उहाँले जोड दिनुुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले अस्पतालको जग्गामा वनेका विभिन्न कार्यालयका भवनलाई अन्यत्रै व्यवस्थापनको तयारी गरेर अस्पतालमा नयाँभवन बनाउनुु पर्नेमा जोड दिनुुभयो । उहाँले दिर्घकालिन सोच राखेर अस्पतालका नयाँ भवन निर्माण गर्नुुपर्ने र अस्पतालको स्वामित्वमा रहेको कार्यालयहरुलाई अन्यत्र व्यवस्थापनगर्न महानगरपालिकाले सहयोग गर्ने बताउनुु भयो ।

कार्यक्रममा बोल्दै प्रदेस सांसद जयराम यादव,कोशी अस्पताललकी निमित्त मेडिकल सुुुपरिटेन्डेन्ट डा. संगिता मिश्रा, जिल्ला समन्वय समितिका प्रमुुख नरेश पोखरेल, नेकपाका केन्द्रिय सदस्य महेश रेग्मी, गुुरु वराल, कांग्रेस केन्द्रिय सदस्य अमृत अर्याल, मोरङका प्रमुुख जिल्ला अधिकारी मदन भुुजेल तथा विराटनगर महानगरपालिकाका प्रमुुख प्रसाशकिय अधिकृत एकदेव अधिकारीले, अन्य कार्यालय तथा संघसस्थाले चर्चेको अस्पतालको जग्गा तत्काल फिर्तागर्न पहल गर्नुुपर्नेमा जोड दिनुुभयो ।

कोशी अस्पतालको ५ विघा ८ कठा ९ धुुर जग्गामध्ये १३ कठा १३ धुुर जग्गा स्वास्थ्य सम्बद्ध विभिन्न कार्यालयहरुले प्रयोग गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button