Tune to BFM 91.2|Biratnagar

कोशी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

विराटनगर ३० चैत । कोशी अस्पताल विराटनगरलाई भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सर्लाहीको हरिवनस्थित बागमती सेवा समाज र काठमाडौंको आड्रा नेपालले अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा. संगीता मिश्रालाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

आड्रा नेपाल र बागमती सेवा समाजको साझेदारीमा कोशी अस्पताललाई करिब ५५ लाख रुपैयाँ बराबरको एक थान भेन्टिलेटर र अप्रेसन थिएटरका लागि ७० प्रकारका विभिन्न उपकरणसहित एन–९५ मास्क हस्तान्तरण गरिएको आड्रा नेपालकी अध्यक्ष सृष्टि लामिछानेले बताउनुभयो । कोशी अस्पतालमा सञ्चालित ‘महिला स्वास्थ्य र प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत स्वास्थ्य सामग्री उपलब्ध गराइएको अध्यक्ष लामिछानेले बताउनुभयो ।

स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा दुवै संस्थालाई अस्पतालकी मेसु डा. मिश्राले धन्यवाद दिनुभयो । उहाँले अस्पतालको स्वास्थ्य प्रणालीमा केही सुदृढीकरण हुने र कोरोनाभाइरसका बिरामीलाई समेत उपचारमा सहज हुने डा. मिश्राले बताउनुभयो ।

आड्रा नेपाल र बागमती सेवा समाजको साझेदारीमा प्रदेश–१ को २ वटा जिल्लामा र प्रदेश–२ को जनकपुर प्रादेशिक अस्पतालसहित आठ जिल्लामा स्वास्थ्य सम्बन्धी काम गरिरहेको समाजका अध्यक्ष भरतकुमार कार्कीले जानकारी दिनुभयो ।

दुवै संस्थाको साझेदारीमा यसअघिदेखि नै कोशी अस्पतालमा महिलाहरूको आङ खस्नेलगायतका समस्यालाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button