Tune to BFM 91.2|Biratnagar

कोशी अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान

विराटनगर, २३ असार । नेपाल रेडक्रस सोसाईटीले विराटनगरस्थित कोशी अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान गरेको छ ।

सोसाईटीको मोरङ शाखाले अस्पतालाई कोरोना संक्रमणबाट जोगिन आवश्यकपर्ने स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान गरेको हो । रेडक्रसले अस्पताललाई के एन नाईन्टीफाईभ माक्स १ सय थान,बुट बिथ कभर ५० जोडी ,हयाण्ड सेनिटाईजर १ सय एमएलको २ सय ५० सिसि,सोडियम हाइड्रोक्लोराईड २५ सय लिटर तथा हातधुने साबुन १ हजार ८ थान प्रदान गरेको छ ।

अस्पताल परिसरमा आज आयोजित कार्यक्रमकाबीच नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाका सभापति सुबोधकुमार सिंहले कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासलाई सोसामाग्रि हस्तान्तरण गर्नुभयो ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी १ नम्बर प्रदेश कार्यालयले सोसाइटीको मोरङ शाखालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

विराटनगरको शनिहाटस्थित रेडक्रस सोसाईटी कार्यालय परिसरमा आज आयोजित कार्यक्रमकाबीच मोरङ शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button