Tune to BFM 91.2|Biratnagar

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सफाई सामाग्रि प्रदान

विराटनगर, २७ असार । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड विराटनगरले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाईसफाई सामाग्रि प्रदान गरेको छ ।

सो बैंकको महेन्द्रचोक शाखाले कोभिड अस्पतालमा उपचाररत विरामीकालागि सो सामाग्रि प्रदान गरेको हो । कोभिड अस्पतालमा आज आयोजित कार्यक्रमकाबीच बैंककी शाखा प्रमुख इन्द्रा यादवले कोभिड उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतलाई सफाईसंग सम्बन्धित विभिन्न सामाग्रि प्रदान गर्नुभयो ।

बैंकले विरामीहरुलागि उपलब्ध गराएको सामाग्रिहरुमा साबुन, सर्फ, मास्क, फिनायल, टुथपेस्ट र ब्रस लगायतका सामाग्रि छन ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत आइसोशेलनमा रहेका ब्यक्तीहरुकालागि सामाग्रि उपलब्ध गराइएको शाखा प्रमुख यादवले बताउनुभयो ।

सो अवसरमा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरका संयोजक बस्नेतले सबैको साथ सहयोगले मात्र कोभिड १९ लाई पराजित गर्न सकिने बताउनुभयो । बैकले २५ हजार मुल्य बराबरको सामाग्रि उपलब्ध गराएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button