कोशी अस्पताल विराटनगरका विरामी कुरुवाहरुलाई तरुण दलद्धारा खाना वितरण
विराटनगर १३ जेठ । नेपाल तरुण दल मोरंगले कोशी अस्पताल विराटनगरका विरामी कुरुवाहरुलाई झण्डै २ महिनादेखि दैनिक खाना वितरण गर्दै आएको छ ।
लकडाउनका कारण प्रभावित भएका विरामीका कुरुवालाई चैत २४ गतेदेखि खाना वितरण गर्दै आईएको नेपाल तरुण दल मोरंगका सभापति प्रभाकर थापा (सञ्जय)ले बताउनुभयो । लकडाउनका कारण खाना खाने स्थान र आर्थिक अभाव झेलिरहेका करिव ३ सय विरामीका कुरुवाहरुलाई खाना वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
नेपाल तरुण दल मोरंगका सभापति प्रभाकर थापा , प्रदेश सभासद बिन्दीया कार्की, तरुण दल उपसभापति खगेन्द्र थापा, अनिल रिजाल, लिला काफ्ले, सन्तोष न्यौपाने र मनिस तिम्सीना लगायतको टीमले हरेक दिन साझको खाना वितरण गर्ने गरेको छ ।
विराटनगर १ को राधाकृष्ण मन्दिरको धर्मशालामा खाना पकाएर प्याक गरि अस्पताल सम्म लैजाने गरिएको उहाँले बताउनुभयो ।